मानिसमा पहिलोपटक भेटियो H10N3 बर्ड फ्लु

काठमाडौं – चीनको जिआंग्सू प्राप्त बस्ने एक व्यक्तिमा  H10N3 बर्ड फ्लु संक्रमण देखिएको चीनको राष्ट्रिय स्वास्थ आयोगले जानकारी दिएको छ । आयोगका अनुसार H10N3 बर्ड फ्लु मानिसमा देखियो यो पहिलो घटना हो ।

जिआंग्सूस्थि तझेनजियांग शहरका एक ४१ वर्षीय पूरुषमा यो संक्रमण देखिएको हो । कुखुरा पालनबाट यो संक्रमण फैलिरहेको ठानिएको छ । यद्यपी, ठूलो स्तरमा यो संक्रमण फैलने खतरा निकै कम रहेको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

आयोगको जानकारीअनुसार २८ अप्रिलमा यी व्यक्तिलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई ज्वरो र अन्य केही लक्षण पनि देखिएको थियो । एक महिनापछि अर्थात् २८ मेइमा H10N3 बर्ड फ्लु संक्रमण पुष्टि भयो । यद्यपी, यो भाइरसको खतरा धेरै नरहेको आयोगले जनाएको छ ।

त्यस्तै पीडित व्यक्तिको स्थिती अझै पनि सामान्य छ र चाडैं उसलाई अस्पतालबाट डिस्चार्ज गरिने जनाइएको छ । त्यस्तै, यी व्यक्तीको सम्पर्कमा आएका मानिसहरुमा पनि यो संक्रमण सरेको छैन । चीनमा एभियन इन्फ्लुएन्जाका धेरै स्ट्रेनहरु मौजूद छन् र यसबाट केही मानिस संक्रमित भइसकेका छन् ।

तपाईको प्रतिक्रिया