जसपामा कारबाहीको होडबाजी, ठाकुर पक्षले अध्यक्ष यादवलाई साधारण सदस्यबाटै निकाल्यो

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेका छन्।

आज बसेको अध्यक्ष ठाकुर पक्षको बैठकले अध्यक्ष यादवलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि कारबाही गरेको एक नेताले बताए। हामी अहिले बैठकमै छौँ। अध्यक्ष यादवलाई पार्टी विपरीत चलेपछि पार्टीबाट निस्कासन गर्न निर्णय गरेका छौँ’ ती नेताले भने।

सोमबार अध्यक्ष यादव पक्षको बैठकले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निस्कासन गरेको थियो। अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता द्वय लक्ष्मणलाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निस्कासन गरेको थियो।

अध्यक्ष यादवसहितका चार नेता निष्कासन गरेको पत्र निर्वाचन आयोगमासमेत पठाइसकेको छन्। दुवै पक्षले एकले अर्को समूहलाई कारबाहीको लागि स्पष्टीकरण सोधेको थियो।

तपाईको प्रतिक्रिया