सल्यानमा सेनाले बनायो २५ बेडको आइसोलेसन भवन

सल्यान । नेपाली सेनाले सल्यान जिल्ला अस्पताल हाताभित्र २५ बेडको आइसोलेसन भवन निर्माण गरेको छ।

कोरोना संक्रमितलाई राख्न सल्यान अस्पतालमा बेडको अभाव भएपछि अस्पताल परिसरमा सेनाले बनाएको २५ बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आइसोलेसन भवन निर्माण गरेको सबुज गण सिमखर्कका गणपति कञ्चन कृष्ण बस्नेतले बताए। जिल्लामा कोरोना संक्रमण फैलिँदै गएको र अस्पतालमा सीमित बेड हुँदा नगरपालिकाको समन्वयमा नयाँ भवनसहित २५ बेडको आइसोलेसन सेन्टर निर्माण गरिएको उनको भनाइ छ।

आइसोलेसन भवन निर्माण शारदा नगरपालिकाको १५ लाख र नेपाली सेनाको जनश्रम १० लाख गरी २५ लाख बराबरको लागतमा निर्माण भएको हो।

तपाईको प्रतिक्रिया