काेराेना अपडेट

थप ६ हजार ८ सय जनामा कोरोना पुष्टि, ५ हजार ९ सय निको

काठमाडौं । बिहिबार नेपालमा ६ हजार ८२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर १८ हजार ५६२ पीसीआर र ३ हजार २११ एन्टीजेन परिक्षणमा क्रमशः ५ हजार ८२५ र एक हजार जना गरी ६ हजार ८२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ । जसमध्ये ४ लाख ६७ हजार ४६७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार ९०४ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ८३९ रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ७५ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ७ हजार ६३० जनाको मृत्यु भएको छ ।

यस्तै देशभर ८३१ जना क्वारेन्टिनमा रहेका छन ।

तपाईको प्रतिक्रिया