निषेधाज्ञाले व्यवसायीलाई समस्या, कृषकलाई पार्यो मर्का

ठाकुरद्वारा । हाल निषधाज्ञाले देशभर हरेक क्षेत्रमा प्रतिकूल प्रभाव पारेको छ । मानिसको दैनिकीमा निकै असर पुर्याएको छ। विविध क्षेत्रमा पारेको असरमध्ये कृषि क्षेत्रमा यसको असर अलि बढी मात्रामा देख्न सकिन्छ ।

कोभिड दोश्रो लहरसगै संक्रमितको संख्या ह्वात्तै बढेको छ । भने रोकथामका विविध उपाए अपनातापनि संक्रमितको संख्यामा कमी आउन सकेको छैन । निशेधाज्ञासँगै सबै क्षेत्र लगभग ठप्प छन् । यातायात, व्यापार व्यवसाय, स्कूल, होटल, होस्टेल लगाएत सम्पूर्ण क्षेत्र अहिले पूर्णतया बन्द छन्। जसको प्रभाव कृषि क्षेत्रमा सहजै देख्न सकिन्छ।

उत्पादित कृषिजन्य फलफूल, हरियो तरकारी लगाएतका कच्चा सामाग्रीको बजारको अभाव, खपत नहुने समस्या ढुवानी लगाएतको समस्याले अहिले कृषकको बारीमा हरियो सागसब्जी त्यसै सड्ने गरेको र तरकारी सुङ्गुर बुङ्गुरलाई खुवाउनु परेको पिडा ठाकुरबाबा ९, ठाकुरद्वाराका कृषक पृथ्वी चौधरीले दुखेसो पोखे । तरकारी उत्पादनको लगानी समेत उठाउन हम्मे हम्मे परेको चौधरी बताउँछन्।

नेपाली रैबारसँग यस्तै पिडा पोख्छिन रज्वराकी कृषक बेलमती थारु। सामान्य परिस्थिमा हाटबजार तथा घर घर गएर तरकारी बिक्री गर्ने बेलमती अहिले हाटबजार बन्द रहेको र घर घर गएर तरकारी बिक्री गर्ने वातावरण नरहेको बताउँछिन्। घर घर तरकारी डुलाएर बेच्ने सोच बनाएर आफ्नो स्वास्थ्यलाई खतरामा पार्दै तरकारी डुलाए नी अधिकांसले तरकारी किन्न हिचकिचाउने गरेको उनको भोगाइ छ ।

अहिलेको विषम परिस्थतिलाई यी र यस्ता सामान्य र कच्चा क्षेत्रमा लगानी गर्ने लगानीकर्ता चिन्तित छन्। जसोतसो गरेर कृषिमा लगानी गरेकाले लगानी समेत उठाउन नसकेमा पेशाबाटै विस्थापित हुनेसम्भावना बढी रहेकोले आगामी दिनमा स्थानिय सरकारले बजेट निर्माण गर्दा कोभिड प्रभावित व्यवसायीलाई ध्यान दिन जरुरी देखिन्छ।


error: Alert: Content is protected !!