कर्णालीका भौतिक मन्त्रीलाई बर्खास्त नगरेसम्म सदन चल्न नदिने एमालेको अडान

सुर्खेत । कर्णालीका भौतिक पूर्वाधार विकास मन्त्री अम्मर थापालाई बर्खास्त नगरेसम्म सदन चल्न नदिने एकालेले अडान लिएको छ ।

सोमबार कर्णाली प्रदेशसभा आठौं अधिवेशनको पहिलो बैठक कार्यसूचीमै प्रवेश नगरी सदन अवरुद्ध गरेको एमालेले मन्त्री थापालाई बर्खास्त नगरेसम्म सदन चल्न नदिने अडान लिएको हो ।

यो पनि : सर्वोच्चद्वारा बोलाइएकाे मन्त्री थापा सुटुक्क दैलेख, अदालतबाट लिए नक्कल ! 

नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेलले नैतिक पतन भएको अभियोग पुष्टि भइसकेका मन्त्री थापा पदबाट नहटेसम्म सदन चल्न नसक्ने बताएपछि एमाले सांसदले सदन अवरुद्ध गरेका थिए ।

बैठकमा सदन शुरू हुनासाथ नेता कंडेलले बोल्दै नैतिक पतन भएका व्यक्तिलाई अहिलेसम्म सरकारले किन संरक्षण गरेर राखेको ? भन्दै प्रश्न गरेका थिए । बैठकको कार्यसूचीमा प्रवेश गर्न नपाउँदै एमालेले सदन अवरुद्ध गरेपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि भन्दै सदन स्थगित गरेका हुन् ।

तपाईको प्रतिक्रिया