कर्णाली काेराेना अपडेट

कर्णालीमा थप २८० मा काेराेना संक्रमण, ४ संक्रमितको मृत्यु

कर्णाली प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचारको क्रममा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतका तीन र  रूकुमका  एकजना रहेका छन् । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय ७६ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा एक सय १५२ र एन्टिजेनबाट एक सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशका हालसम्म कुल संक्रमितको संख्या २५ हजार ६ सय २४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ सय ८५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै कुल संक्रमितमध्ये हालसम्म निको हुनेको संख्या २०  हजार २ सय ९ पुगेको  स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया