मन्त्री थापालाई बर्खास्त गर्नुपर्ने एमालेको बटलाइन, संसद बैठक नबसेरै स्थगीत

सुर्खेत । सोमबारदेखी शुरु भएको कर्णाली प्रदेश सभाको बैठक दोस्रो दिन नबसेरै स्थगित भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कुर्सी जोगाउन फ्लोक्रस गरेर मन्त्री बनेका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्नुपर्ने एमालेका अडानका कारण संसद बैठक आज बस्न नसकेको हो ।

सोमबार बसेको संसद बैठकको शुरुमै एमाले सांसदहरुले विरोध जनाएपछि आधा घण्टाका लागि स्थगित भएको थियो । बजेट अधिवेशनका लागि आह्वान गरिएको बैठक दोस्रो दिन बस्न नसकेर स्थगित गरिएको संसद सचिवालयले जानकारी दिएका छ ।

‘दिनभर बैठक सञ्चालनका लागि सहमतिको प्रयास गरिएपनि सफल भएन्,’ संसद सचिवालय स्रोतले भन्यो, ‘सर्वदलीय बैठक नै सहमतिमा पुग्न नसकेपछि मंगलबार दिउँसो २ बजेका लागि आह्वान गरिएको बैठक बस्दै नबसी स्थगित भएको हो ।’

कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले हस्ताक्ष्र गरेको सूचनामा भनिएको छ, ‘आज बस्ने भनिएको बैठक विशेष कारणवस स्थगित गरेर बुधबार दिउँसो २ बजेका लागि आह्वान गरिएको छ ।’

के भयो दिनभर ?
एमाले सांसदहरुले तत्काल मन्त्री थापालाई बर्खास्त गर्नु पर्ने अडान कायम राखेका छन् । ‘मन्त्री थापालाई नहटाउँदासम्म संसद बैठक सूचारु हुन दिँदैनौं,’ एमाले संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले भने, ‘दिनभर छलफल भएपनि हटाउने विषयमा सरकार पक्षले कुनै चासो नराखेपछि बैठक बस्न सकेन् ।’

शाहकाअनुसार बुधबार दिउँसो १२ बजे छलफलका लागि सर्वदलीय बैठक आह्वान गरिएको छ । ‘मुख्यमन्त्रीले फौजदारी अभियोग लागेका मन्त्रीलाई तत्काल हटाए संसद नियमित सुचारु हुन्छ,’ शाहले भने, ‘अभियोग पुष्टी नै नभएका तत्कालिन मन्त्री खड्क खत्रीलाई समाचार आएकै भरमा अटाउने अभियोग पुष्टी भइसकेका मन्त्रीमा राखिराख्ने मुख्यमन्त्रीको मनसाय राम्रो भएन्, तत्काल नहटाउँदासम्म संसद बैठक सुचारु गर्न दिँदैनौं ।’

तपाईको प्रतिक्रिया