आवासीय घर भत्किँदा ११ जनाको मृत्यु

भारतको मुम्बईस्थित मलाड क्षेत्रमा एउटा आवासीय भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ। घना बस्ती रहेको क्षेत्रमा गएराति एउटा घर अचानक भत्किँदा ८ जना घाइते भएको भारतीय अधिकारीहरुले जनाएका छन्।

घर भत्किँदा केही बालबालिकाको पनि मृत्यु भएको छ। ठूलो आवासीय भवन भत्किँदा आसपासका ३ वटा घर पनि च्यापिएर भत्किएका छन्। बृहनमुम्बई कर्पोरेसनका अनुसार घटनास्थलबाट १५ जनाको सकुशल उद्धार गरिएको छ।


error: Alert: Content is protected !!