यस्ता छन् कान दुखाईका घरेलु उपायहरु

कानको दुखाई आम समस्या हो । खासगरी हवाई तथा सडक यात्राको क्रममा धेरैको कान दुख्ने गर्दछ । स९सना बाललिकामा कानको दुखाई बढि हुने गर्दछ ।

यस्ता छन् कान दुखाईका घरेलु उपायहरु :

-सफा नीमको पातको रसको केही थोपा कानमा हालेमा इन्फेक्सनमा उपयोगी हुन्छ ।

-दिनमा दुईदेखि तीन पटकसम्म तुलसीको पातको रस केही थोपा कानमा हालेमा कानको दुखाईका साथै इन्फेक्सन कम हुन्छ ।

-सर्स्यूको तेलमा लसुन मिसाएर तताउने । त्यसलाई चिसो भएपछि छानेर केही थोपा कानमा हालेमा कानको समस्यामा राहत दिन्छ । लसुनमा एन्टिवायोटिक एवं एन्टीसेप्टिक गुण हुन्छ, जसले इन्फेक्सन र दुखाई कम गर्छ ।

-जैतुनको तेलको केही थोपा कानमा राखेमा दुखाईमा रामबाणको काम गर्छ ।

-कानको दुखाई कम गर्न प्याजको रस प्रयोग पनि उत्तम हुन्छ । तर स्मरण रहोस् घरायसी उपचारका अलावा चिकित्सकको परामर्श सबैभन्दा उत्तम हुन्छ ।

तपाईको प्रतिक्रिया