सुर्खेतमा आयुर्वेद चिकित्सकमाथि हातपात, दोषिलाई कारवाही गर्न माग

सुर्खेत । कोरोना माहामारी रोकथाम तथा नियन्त्रणमा अहोरात्र खटिएका सुर्खेतका आयुर्वेद चिकित्सकमाथि हातपात गर्नेलाई छिट्टै कारवाही गर्न नेपाल आयुर्वेद चिकित्सक संघले आग्रह गरेको छ ।

घटनाबारे संघले ध्यानाकर्षण पत्र निकाल्दै चिकित्सकमाथि हातपात गर्नेलाई हालै जारी भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि (पहिलो संसोधन) अध्यादेश २०७८ बमोजिम पुर्वक्षका लागि थुनामा राखी हदैसम्मको जरीवाना र कैद तोक्न आग्रह गरेको हो ।

साथै हातपातबाट घाईते प्रदेश आयुर्वेद औषधालय सुर्खेतका कार्यालय प्रमुख डा. संकरप्रसाद रिजाल, चिकित्सक डा. यादव उपाध्याय र स्वास्थ्यर्मी लोकप्रसाद रेग्र्मीको उपचारका लागि उचित क्षतिपुर्ती दिलाउन समेत संघले आग्रह गरेको छ ।

प्रदेश आयुर्वेद औषधालयले सञ्चालनमा ल्याएको आइसोलशनमा बसेका बिरामीको सेवामा खटिएका चिकित्सकद्धोयमाथि विहिबार साझँ १५/१६ जनाको समूहले आक्रमण गरेको थियो । उनीहरु बिरामीको सेवापछि घर फर्किने क्रममा बाटोमा बसेको समूहले हातपात गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया