यी हुन् हप्ता दिन मै गोरो बनाउने घरेलु उपायहरु

अनुहारको छाला गोरो र चम्किलो बनाउन बजारका सौन्दर्य सामग्री प्रयोग गर्नुपर्छ भन्ने छैन । परापूर्वकालदेखि प्रयोग हुँदै आएका प्राकृतिक सामग्रीले पनि अनुहारलाई गोरो र चम्किलो बनाउन सकिन्छ । गोरोपनमा कमी आउनुको कारण धेरै हुनसक्छन् । जस्तै; टन्टलापुर घाम , प्रदुषण , अनुहारको दाग धब्बा आदि । हाम्रो छाला धेरै नै संवेदनशील छ । बजारमा पाईने विभिन्न प्रकारका क्रिमहरुको प्रयोगले छालामा नराम्रो असर पर्नसक्छ । सबैभन्दा राम्रो उपाय भनेकै घरमा भएको प्राकृतिक चीजहरुको प्रयोग गर्नु हो ।

एक हप्तामै गोरो बन्न मन छ, यि घरेलु उपाय अपनाउनुहोस्…

कागतीकागतीले छालाको रंग हल्का बनाउछ र छालाको गहिराइसम्म सफा राख्न मद्दत गर्छ र अनुहारको दाग हटाउछ । कागतीको रसमा बेसन र काँक्रोको रस मिलाएर ३० मिनेट सम्म अनुहारमा राख्ने र सफा पानीले धूने गर्नाले तपाईको अनुहार गोरो र चम्किलो बन्छ ।

बेसार –काँचो दूधमा बेसार मिलाएर अनुहारमा लगाउनाले केही दिनमै तपाईको त्वचाको रंगमा परिवर्तन ल्याउछ ।

बेसन –बेसन एक प्राकृतिक र प्राभावकारी फेस प्याक हो । यसलाई दूध या दहीमा मिलाएर थोरै बेसार राखि त्वचामा लगाउने गर्नाले त्वचामा चमक ल्याउछ । यसमा कागती र टमाटर पनि मिलाएर प्रयो गर्न सकिन्छ ।

चंदन पाउडर- चंदनलाई पिसेर अथवा पेस्ट बनाएर बिस्तारै त्वचामा लगाउने गर्नाले यसले त्वचाको दाग धब्बा हटाइ गोरो बनाउछ ।

बेकिंग सोडा-बेकिंग सोडा र पानीलाई मिलाएर पेस्ट बनाउनुहोस् । त्यसपछि आफ्नो अनुहार फेस वाशले धुुनुहोस् । अनि अनुहारमा तयार गरिएको पेस्टलाई लगाउनुहोस् । र १५ मिनेटपछि मुख धुनुहोस् ।

चामलको पिठो – चामलको पिठो मसिनो गरी पिस्ने र दूधसँग मिसाई पेष्ट बनाउने । अनुहारमा लगाई १५ मिनेटसम्म राखेर पखाल्ने । चामलको पिठो र दूधको मिश्रणले छालालाई गोरो, चम्किलो र स्वस्थ बनाउँछ ।

तपाईको प्रतिक्रिया