देशभर मौसम सक्रिय : यी स्थानमा भारी वर्षा हुने

काठमाडौं- पूर्वी भागमा पूर्वीय वायु तथा मध्य र पश्चिमी भागमा पश्चिमी र स्थानीय वायु सक्रिय रहेकाले शुक्रबार देशभर मौसमको मिश्रित प्रभाव पर्ने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहेको छ।

आज दिनभर देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ अनुमान गरिएको छ। देशका धेरै स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, वागमती प्रदेश, लुम्विनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आगामी दिन दिनसम्म नै देशभरको मौसम सक्रिय रहने पूर्वानुमान गरिएको छ। देशका धेरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश १, वागमती प्रदेश, लुम्विनी प्रदेश र सुदूरपश्चिमका केही भागमा भारी वर्षा हुने भएकाले तटीय क्षेत्रका वासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया