सरकारको प्रवक्तामा सञ्चारमन्त्री नैनकला थापा

काठमाडौं । नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापालाई तोकिएको छ । मन्त्रिपरिषद् बिहीबार साँझ बसेको बैठकले थापालाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

हिजो बिहीबार नै सात मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको थियो । मन्त्रिपरिषद्को संख्या अब प्रधानमन्त्री, २१ मन्त्री र ३ राज्यमन्त्री गरी २५ सदस्यीय भएको छ ।

यसअघिका अवस्थामा पनि सामान्य सञ्चारमन्त्रीलाई नै सरकारको प्रवक्ता तोक्ने परम्परालाई निरन्तरता दिँदै सोहीअनुसार गरिएको एक मन्त्रीले जानकारी दिनुभयो । अब सरकार र मन्त्रिपरिषद्का औपचारिक निर्णयहश्र सञ्चारमन्त्रीमार्फत सार्वजनिक गरिने छ ।

बिहीबार साँझको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुको काम, कर्तव्य र अधिकारबारे नवनियुक्त मन्त्रीलाइ जानकारी गराउनु भएको थियो ।

बैठकमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दा सरकारको प्रवक्ताबाट गर्नुपर्ने, सरकारको गोपनीयता कायम गर्न पनि सबै मन्त्रीलाई निर्देशन दिनुभएको थियो ।


error: Alert: Content is protected !!