विश्वकप २०२२ छनौट अन्तर्गत नेपालले आज अष्ट्रेलियाको सामना गर्ने

काठमाडौं । नेपाल र अस्टे«लियाबीच आज राति पौने १० बजे विश्वकप २०२२ र एसिया कप २०२३ को छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम खेल हुँदैछ ।

छनौट खेलको तीन खेल्न कुवेत पुगेको नेपाली टिमले यसअघि पहिलो खेलमा चाइनिज ताइपेईलाई २–० ले गोलअन्तरले हराएको थियो । त्यस्तै दोस्रो खेलमा भने जोर्डनसँग ३– ० गोलले पराजित भएको थियो ।

विश्वकप २०२२ को छनोटबाट नेपाल बाहिरिसकेको छ । समूह बी मा रहेको नेपालले एसिया कपको अर्को चरणका पुग्न भने अब प्लेअफको सहायता लिनुपर्ने अवस्था देखिएको छ ।

आज राति हुने खेलमा नेपालले बलियो प्रतिस्पर्धी अष्ट्रेलियालाई पराजित गर्न सकेको अवस्थामा एसिया कप छनोटको तेस्रो चरण पुग्नेछ । प्रायः असम्भवजस्तो देखिएको यो खेलमा नेपालले एसिया कपको तेस्रो चरणमा खेल्नका लागि अब प्लेअफ नै खेल्नुपर्नेछ ।

समूह चरणमा ७ खेल खेलिसकेको नेपालले दुई जित र ५ मा हारको व्यहोर्दे ६ अंक जोडेको छ । यसअघि विश्वकप छनोटअन्तर्गत नै २०१९ मा क्यानबेरामा भएको प्रतिस्पर्धामा नेपालले अष्ट्रेलियासँग ५–० को हार व्यहोरेको थियो ।

तपाईको प्रतिक्रिया