बालुवाटारमा नारा र प्रदर्शन – ‘प्रधानमन्त्री हौ कि माफिया?’

काठमाडौं– झापास्थित बिएन्डसी कलेजलाई सम्बन्धन लिन लागिएको विषयमा बृहत् नागरिक आन्दोलनले बालुवाटारमा प्रदर्शन गरेको छ।

सम्बन्धन प्रयोजनका लागि चिकित्सा शिक्षा आयोगको अध्यक्षको हैसियतले कामचलाउ प्रधानममन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोगको बैठक बोलाएपछि बृहत् नागरिक आन्दोलनले प्रदर्शन गरेको हो।

शुक्रबारको प्रदर्शनमा ‘गैरकानुनी सम्बन्धन प्रक्रिया तत्काल रोक’, ‘चिकित्सा शिक्षा आयोगमाथिको हस्तक्षप बन्द गर’, ‘संविधानमा प्रतिगमन, राजनीतिमा प्रतिगमन, जनस्वास्थ्यमा प्रतिगमन, हमीलाई स्वीकार्य छैन’, ‘स्वास्थ्य शिक्षाको व्यापार बन्द गर’, ‘स्वास्थ्य सेवा, व्यापार होइन, सरकार सेवक हो, मालिक होइन’, ‘माफियाको मिसन, सिटामोलमा कमिसन’ लगायतको पर्चा सहित विरोध गरिएको थियो।

प्रदर्शनमा सहभागी अभियन्ताहरु खगेन्द्र संग्रौला, नारायण वाग्ले, सञ्जीव उप्रेती, अर्चना थापा, अनुभव अजित, युग पाठक, सरिता परियार, भास्कर गौतम लगायत पक्राउ परेका छन्।

तपाईको प्रतिक्रिया