अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गरे पनि आतङ्कवाद विरुद्ध कारबाही जारी राख्ने

वासिंगटन। अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गरेपछि पनि आतङ्कवाद विरुद्धको कारबाही जारे राख्ने बताएको छ। अफगानिस्तानबाट सेना फिर्ता गरिसकेपछि अमेरिकाले अफगानिस्तानको आसपासका क्षेत्रहरूमा सेना तैनाथ जारी राख्ने योजना रहेको बताइएको छ ।

आतङ्कवाद विरुद्ध कारबाही स्वरूप अफगानिस्तान आसपासका क्षेत्रहरूमा सेना तैनाथ जारी राख्ने क्षेत्रीय सैन्य कमान्डर केनेथ मेकेन्जीलेले बताएका छन्। अफगानिस्तान आसपासका क्षेत्रमा आतङ्कवादी गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न सानै तैनाथ कायम गर्ने योजना रहेको कमान्डर मेकेन्जीले बताए।

अफगानिस्तानमा आतङ्कवादी गतिविधि विरुद्ध दुई दशकयता सेना तैनाथ गरेको अमेरिकाले यही सेप्टेम्बर ११ अगाडी नै सबै सेना फिर्ता गर्ने बताएको छ । अफगानिस्तानमा आतङ्कवादी सङ्गठनहरू विरुद्धको कारबाही सफल भएपछि अमेरिकाले सबै सेना फिर्ता गर्दै छ। तर, अफगानिस्तानमा अमेरिकी गठबन्धन शक्तिहरूले अमेरिकाले सेना फर्काएपछि अल कायदा तथा इस्लामिक स्टेट जस्ता अतिवादी लडाकु समूहहरू पुन उदाउन सक्ने र यशविरुद्ध अफगान सरकार एक्लै लड्न नसक्ने चिन्ता व्यक्त गरेका छन् ।

अफगानिस्तान आसपासमा आतङ्कवादी गतिविधिलाई छिमेकी मुलुकहरूबाट निगरानी र कारबाही गर्न निरन्तरता दिने विकल्पबारे रक्षा मन्त्रालय पेन्टागनले अध्ययन गरिरहेको कमान्डर मेकेन्जीले बताए । यो अवस्था आएमा कारबाही लक्षित क्षेत्र पत्ता लगाउनुपर्ने, लक्षित क्षेत्र निश्चित गर्नुपर्ने र सफल कारबाही गर्नुपर्ने कमान्डर मेकेन्जीले बताए । यी तीनै रणनीति सफल बनाउन गम्भीर गुप्तचर सहयोग आवश्यक पर्ने उनले बताए ।

अफगानिस्तान बाहिर रहेर आतङ्कवाद विरुद्ध निगरानी र कारबाही गर्नु कठिन भए पनि असम्भव नभएको कमान्डर मेकेन्जीले बताएको द न्युजले लेखेको छ।

तपाईको प्रतिक्रिया