बजेटबारे अन्यौलता बढ्यो, नीति तथा कार्यक्रम पास भएन

सुर्खेत । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफल सकिएर पारित गर्नु पर्ने समयमा कर्णाली प्रदेश सभाको बैठक असार एक गते सम्मका लागि स्थगित भएको छ ।

असार एक गते अगावै नीति तथा कार्यक्रम पारित गर्ने प्रचलन भए पनि सरकार र दलहरु सदन स्थगित गर्ने सहमतिमा पुगेका हुन् ।

सभामुख राज बहादुर शाहिको अध्यक्षतामा प्रमुख सचेतकको बैठकले सदन असार एक गते दिउँसो एक बजे सम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । यो सङ्गै बजेटबारेमा अन्योलता बढेको छ ।

तपाईको प्रतिक्रिया