एउटा ‘फुच्चे’ देश यसरी फुटबलको महाशक्ति बन्यो ?

खेलकुदको दुनियाँमा यो ठूलो उपलब्धिमध्येको एक हो । यस ग्रहकै सबैभन्दा लोकप्रिय खेलमा कसरी एउटा सानो देश पहिलो वरीयताको टोली बन्यो ? मात्र १ करोड १० लाख जनसङ्ख्या भएको, फ्रान्स र जर्मनीले घेरिएको पश्चिम युरोपेली राष्ट्र बेल्जियम फिफा वरीयतामा सन् २०१५ मा पहिलो पटक शीर्ष स्थानमा पुगेको थियो ।

सन् २०१८ देखि निरन्तर शीर्षमै छ । विश्व फुटबलमा आफ्नो प्रभुत्वलाई सही ठहर गर्नका लागि आगामी १८ महिनामा एउटा ठूलो उपाधि जित्ने आशा बेल्जियमले राखेको छ । तर यदि युरोपेली च्याम्पियनसीप वा २०२२ को विश्वकप जित्न नसके पनि उसको टिमका अन्तर्राष्ट्रिय सुपरस्टारहरूलाई देखेर सबै ठाउँका फुटबल प्रशासकहरूले ईर्ष्या नै गर्नेछन् ।

निराशाको खाडलमा पुगेपछि बेल्जियमको यो यात्रा सुरु भएको थियो । सन् २००० को युरोपियन च्याम्पियनसिप आयोजना गरेको बेल्जियमको खुसी त्यतिबेला पीडामा परिणत भयो, जब उनीहरू प्रतियोगिताको समूह चरणबाटै बाहिरिए । किङ बाउडोविन रङ्गशालामा प्रतियोगिताको उद्घाटनमा हजारौँ सेतो बेलुन उडाइएको थियो । नौ दिनपछि त्यही रङ्गशालाभित्र पानीका फोकाहरू झरे ।

ब्रसेल्सका त्यस साँझ हाकन सुकरले दुई गोल गरेपछि टर्कीले बेल्जियमलाई २–० ले हरायो । पहिलो गोल गोलकिपर फिलिप डी वाइल्डीको गल्तीका कारण भएको थियो । यस घटनापछि बेल्जियन फुटबल सङ्घका वरिष्ठ व्यक्तित्वहरू आफ्नो सम्पूर्ण फुटबल रणनीतिको जरा र हाँगाबारे समीक्षा गर्न बाध्य बने ।

यो समय मिचेल साब्लोन राष्ट्रिय टोलीका प्राविधिक निर्देशक थिए । उनका अनुसार प्रतियोगिताको आयोजना निकै सफल रह्यो । तर मैदानभित्रको नतिजा ‘खेलाडीका लागि राम्रो थिएन । क्लबका लागि राम्रो थिएन । राष्ट्रिय टिमका लागि राम्रो थिएन,’ उनले भने, ‘यो साँच्चै निरश थियो ।’

युरो २००० दुईवटा टिमका लागि टर्निङ प्वाइन्ट बनेर आएको थियो । जर्मनी पनि समूह चरणबाटै बाहिरिएको थियो । इङ्ल्यान्डसँग पनि पराजित भयो । त्यसपछि उनीहरूले आफ्नो फुटबल दर्शनको समीक्षा गरे । त्यो पुनर्जन्म थियो, जसले १४ वर्षपछि विश्वकप फुटबल ल्याइदियो । बेल्जियम पनि यस्तै परिवर्तनबाट गुज्रँदै थियो ।

साब्लनले आफ्नो देशमा फुटबलका लागि नयाँ भिजन पहिचान गर्न धेरै समय खेर फालेनन् । ‘हामीले शनिबार र आइतबार बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म यसका लागि गृहकार्य ग¥यौँ । हामीले सेतो कागजको टुक्राबाट यसको थालनी ग¥यौँ र पूरै कुरा शुरुवातबाट विकास ग¥यौँ ।’

सुधारको कुनै मौका बाँकी राखिएन । युवा खेलाडीहरूको अनुसन्धानमा सहयोग गर्न चारवटा विश्वविद्यालयहरूलाई यस परियोजनामा परिचालन गरिएको थियो । उनीहरूले फाइभ ए साइडदेखि एट–ए–साइड गेमबाट पनि युवा खेलाडीहरू खोज्न थाले ।

अनुसन्धान विस्तृत थियो । उदाहरणका लागि खेलाडीले उत्कृष्ट खेल्ने समय हो भन्ने पनि पहिल्यै निर्क्यौल गरिएको हुन्छ, जस्तो बालकहरूका लागि आइतबार बिहान ९ बजे उत्कृष्ट समय हुनसक्छ । यी विश्वविद्यालयहरूले १५ सयवटा युथ गेमको तथ्याङ्कलाई सङ्कलन गरे । त्यसपछि फुटबल खेलका ७० वटा क्लबहरूसँग सहकार्य गरे । अनि क्लबहरूमा झन्डै १ वर्ष लगाएर यी तथ्याङ्कहरूलाई १ सय २० पल्ट प्रस्तुत गरे ।

परम्परागत र कडा रक्षापङ्क्तिसहितको ४–४–२ फर्म्याटको साटो थप लचिलो र आक्रामक ४–३–३ फरम्याट लागू गरियो । यो फर्म्याटले खेलाडीहरूलाई बलप्रति थप जिम्मेवारी हुन बाध्य बनायो । यो महत्त्वाकाङ्क्षी योजना थियो । फरक शैलीको यो फुटबल कार्यक्रम बेल्जियमका लागि दबाबको भारी नभएर सहयोग सिद्ध भइदियो । केवल दुई दर्जन व्यावसायिक फुटबल क्लब रहेको देशमा एउटै लयमा गाउन सबैलाई केही सहज थियो । किनकि यो देशले कुनै ठूलो उपलब्धि हासिल गरेको थिएन, जसकारण तत्कालै लगानी फिर्ता गर्नुपर्ने दबाब कम थियो र प्रयासका लागि धेरै स्वतन्त्रता थियो ।

देशका सबै क्लबलाई यो योजनाअन्तर्गत ल्याइयो । त्यहाँ केही समस्याहरू भने थिए । तर यो योजनालाई कायम राखिनेछ र सबै ठीक हुनेछ भन्ने विश्वास साब्लोनलाई थियो । ‘मलाई याद छ, हामी यस्तो सुधारपछि पहिलो पटक फ्रान्सको यु–१७ टोलीसँग भिडेका थियौँ र ७–१ ले हार्यौँ । त्यतिबेला धेरै प्रतिक्रियाहरू आए । तर अर्को वर्ष त्यही उमेर समूहमा हामीले फ्रान्सलाई दबाबमा राख्यौँ र खेल जित्यौँ,’ साब्लोनले भने, ‘यसले समय लियो । तर मेरो बुझाइमा गाह्रो कुरा भनेकै सुधारको यो यात्रा थाल्ने भनेर निर्णय लिनु थियो ।

यस समय वरपर युवा खेलाडी रोमेलु लुकाकु, इडेन हाजार्ड र केभिड डी ब्रुयाले क्रमशः ८, १० र १० वर्षका थिए । उनीहरूलाई कसैले त्यतिबेला चिनेका थिएनन् तर यी खेलाडी र यस पुस्ताका अन्य खेलाडीहरूले चाँडै करियरको त्यस्तो उडान भर्नेवाला थिए, जसले विश्व फुटबलमै तहल्का मच्चाउने थियो ।

रोमेलु लुकाकु अहिले विश्वकै शक्तिशाली फरवार्डमध्ये एक हुन् । यी खतरनाक फिनिसरले भर्खरै इन्टर मिलानलाई इटलीमा लिग च्याम्पियन बनाउन सहयोग गरे । लुकाकुमा कहिल्यै आत्मविश्वास र सफलताको भोकको कमी भएन । १६ वर्षको उमेरमै उनलाई बेल्जियमको राष्ट्रिय टोलीबाट खेल्नसक्छु भन्ने लाग्थ्यो । यसले पनि उनी कति आत्मविश्वासी छन् भन्ने देखाउँछ ।

१७ वर्षको उमेरमा उनले अन्तर्राष्ट्रिय डेब्यु गरे । र, अहिले उनी बेल्जियमका सर्वाधिक गोलकर्ता हुन् । बेल्जियमको टोलीमा पारिवारिक माहोल छ । खेलाडीहरू निकै पहिलेदेखि चिनजानमा छन् । लुकाकुले ११ वा १२ वर्षको उमेरदेखि नै आफ्ना टोलीका केही खेलाडीहरूलाई चिनेका हुन् । अहिले अन्तर्राष्ट्रिय खेल भइरहँदा उनीहरू आफ्नो विगतबारे पनि स्मरण गर्छन् । ‘हामी सबै एकसाथ टेबलमा बसेर कसको युवा टोली उत्कृष्ट थियो र कुन टोलीले धेरै गोल गरेको थियो भनेर बहस गर्छौं । यो निकै आनन्ददायक छ,’ लुकाकुले भने ।

‘हामी एकअर्कालाई लामो समयदेखि चिन्दछौँ । उदाहरणका लागि, मैले १२ वा १३ वर्षकै उमेरमा लुकाकुविरुद्ध खेलेको थिएँ । हामी निकै निकट साथीहरू हौँ,’ गोलकिपर थियावट कोर्टवाले भने, ‘जब हामी ब्राजिलमा आफ्नो पहिलो विश्वकपका लागि गएका थियौँ । त्यतिबेला एक महिनासम्म यी खेलाडी कसरी मिलेर बस्नसक्छन् भन्ने पनि कसलाई लागेको थियो । के त्यहाँ झगडा हुनेछ रु खेलाडीहरूबीच समस्या हुनेछ रु यस्ता आशङ्का पनि भए । तर हामीले मिले खेल्याँै किनकि हामी एकअर्काका मिल्ने साथी थियौँ । त्यसैले मैदानभित्र फुटबल होइन, मैदानबाहिर गल्फ, तास र प्ले स्टेसन पनि मिलेरै खेल्यौँ ।’

‘हामी धेरैलाई धेरै समयदेखि चिन्छौँ । तपार्इंले वर्षौंदेखि चिनिरहेका साथीहरूको समूहमा खेल्नु निकै सहज हुन्छ ।’  बेल्जियमको अहिलेको टोलीमा रहेका मुख्य खेलाडीहरू निकै अनुभवी छन् । ९ जनाले देशका लागि ८० वा त्यसभन्दा धेरै खेल खेलेका छन् । चार जनाले १ सय २ भन्दा धेरै खेल खेलेका छन् । त्यस्तै, लुकाकु र डी ब्रुयानले विश्वका उत्कृष्ट १० खेलाडीमा पर्छन् ।

हरेक पोजिसनमा यति धेरै अनुभवी खेलाडीहरू पाउनु असामान्य उपलब्धि रहेको प्रशिक्षक रोबर्टो मार्टिनेजको भनाइ छ । मार्चमा उनले भनेका थिए, ‘मैले प्रशिक्षण सम्हालेयताका पछिल्ला ५२ खेलमा हामीले प्रत्येक खेलमा ३ को औसतमा गोलहरू गरेका छौँ । अन्तर्राष्ट्रिय फुटबलमा यस्तो स्थिरता तपाईंले हत्तपत्त पाउनुहुन्न ।’

बेल्जियमको अर्को विशेषता विविधता पनि हो । सांस्कृतिक र धार्मिक विविधतालाई मिसाउँदा राम्रो नतिजा निस्कन्छ भन्ने पनि बेल्जियमले देखाएको छ । ‘धेरै खेलाडीहरू कङ्गोली मूलका छन्,’ लुकाकुले भने । लुकाकुका बाबु पनि तत्कालीन जैरी ९अहिलेको कङ्गो० राष्ट्रिय फुटबल टिमका सदस्य थिए । उनले थपे, ‘केही खेलाडीहरू स्पेनिस र केही मोरक्कन मूलका छन् । यसले देखाउँछ कि तपाईंले मिलेर काम गर्नुभयो भने तपाईं कुन नश्लको भन्ने विषयले अर्थ राख्दैन ।’

‘हामी अनौठो देश हौँ,’ कोर्टवाले भने, ‘हामीसँग डच बोल्ने भाग, फ्रेन्च बोल्ने भाग र जर्मन बोल्ने भाग छ । तर मलाई लाग्छ यो विविधताले नै बेल्जियमलाई राम्रो बनाएको छ । यस्तो सानो देशको प्रगतिमा तीनवटा भाषा भारी हुनुपर्ने भए पनि बेल्जियमका हकमा यही नै शक्ति बनेको छ । २०१६ देखि टोलीको प्रशिक्षक रहेका मार्टिनेज भन्छन्, ‘सायद हाम्रो मुख्य हतियार नै हाम्रो ड्रेसिङ रुम हो । यहाँ तपाईंले फरक विचार, फरक समाधान पाउनुहुन्छ ।’

मार्टिनेज स्पेनिस हुन् । तर आफ्नो क्षितिजलाई विस्तार गर्नुको फाइदा उनले सानै उमेरदेखि महसुस गरेका छन् । उनले आफ्नो व्यावसायिक करियरको लामो समय बेलायतमा व्यथित गरे । त्यसपछि स्कटिस श्रीमतीसँग बेल्जियम सरे । उनको बुझाइमा बेल्जियमका खेलाडीहरू विश्वभर छरिएका छन् र त्यो अनुभव लिएर उनीहरू घर फर्किएका छन् ।

‘१५ वा २० वर्षअघि बेल्जियमबाहिर झन्डै कसैले खेल्दैन थिए भने हुन्छ,’ कोर्टवाले भने, ‘अहिले हाम्रो टोलीका झन्डै सबै खेलाडी विश्वका ठूला क्लबबाट खेल्छन् ।’ कोर्टवासँग एथलेटिको म्याड्रिड र रियल म्याड्रिड दुवै टोलीबाट ठूला प्रतियोगिता जितेको अनुभव छ । अहिले उनी रियलमा छन् । यसअघि चेल्सीबाट पनि उनले दुई पटक प्रिमियर लिग जितेका थिए ।

डी ब्रुयानेले म्यानचेस्टर सिटीबाट धेरै उपाधि जितिसकेका छन् र विश्वकै उत्कृष्ट खेलाडीको सूचीमा पर्छन् । हाजार्डले तीनवटा देशमा घरेलु लिग जितिसकेका छन् र चेल्सीबाट दुई पटक युरोपा लिग जितेका छन् । चेल्सी, एभर्टन, म्यानचेस्टर युनाइटेडबाट खेलिसकेका लुकाकु अहिले इटलीको च्याम्पियन इन्टरका महत्त्वपूर्ण खेलाडी हुन् ।

बोरुसिया डर्टमुन्डका डिफेन्डर टोबी एल्डरवाइरेल्ड, बेनफिकाका जान भर्टोङहेङ र डर्टमुन्डकै थोमस मुनियर पनि चिनाइराख्नुपर्ने खेलाडी होइनन् । लेस्टर सिटीका मिडफिल्डर युरी टिलिम्यान्स, डर्टमुन्डबाट खेल्ने इडेनका भाइ थोर्गान हाजार्ड तथा फरवार्डहरू नापोलीका ड्राइस मर्टिन्स र गत सिजन क्रिस्टल प्यालेसबाट ऋणमा खेलेको चेल्सी मिची बात्सुइ पनि निकै उत्कृष्ट लयमा छन् ।

बेल्जियमको व्यावसायिक फुटबलको पिरामिडले केवल २ वटा लिग प्रणाली र २६ वटा टिमलाई धान्नसक्छ । यी खेलाडीहरू त्यहीँबाट उत्पादन हुन्छन् । त्यसपछि विश्वका ठूला क्लबको रोजाइमा पर्ने गरेका छन् । विविधतामा हुर्किएका यी खेलाडीहरूलाई अन्यत्र देशमा गएर त्यहाँको वातावरणमा घुलमिल हुन पनि अफ्ठ्यारो हुँदैन । ‘जब मार्क बिल्मोटस् २०१२ देखि २०१६ सम्म प्रशिक्षक थिए, तब उनले डच र कहिलेकाहीँ फ्रेन्चमा बोल्थेँ,’ लुकाकुले भने, ‘अहिले रोबर्टो मार्टिनेजसँग सबैले इङ्लिसमा बोल्छन् । तर हामी एकआपसमा भने फ्रेन्च र डचमै बोल्छौँ ।’

‘चार वा पाँच वर्षको उमेरमै भाषाहरू सिक्न यहाँ समस्या छैन । मैले तीन वा चारवटा भाषा बोल्ने बच्चाहरू धेरै देखेको छु । मलाई लाग्छ यो बेल्जियमका फुटबलरहरूको ठूलो शक्ति हो । यो सांस्कृतिक अवरोध हो भन्ने मलाई लाग्दैन ।’

जब बेल्जियमको नयाँ योजनाका आर्किटेक्टहरू यसलाई कार्यान्वयन गर्दै थिए, तब छोटो समय केही पीडा हुनेछ भन्ने उनीहरूलाई थाहा थियो । २००५ देखि २००७ को अवधिमा उनीहरू फिफा वरियतामा १६ औँ स्थानबाट झरेर ७१औँ स्थान पुगे । २००४ देखि २०१२ सम्म उनीहरू कुनै पनि ठूला प्रतियोगितामा छनोट हुन सकेनन् । यस अवधिमा दुई विश्वकप र तीनवटा युरोपेली च्याम्पियनसिप बेल्जियमले गुमायो । अर्थात् जति सोचिएको थियो त्योभन्दा पनि धेरै पीडा बेल्जियमले पायो ।

तर अहिले मार्टिनेजसँग हरेक पोजिसनका लागि तीन उत्कृष्ट खेलाडी छन् । उनीहरूसँग आत्मनिर्भर हुने मोडल पनि छन् । जसअन्तर्गत अहिले राष्ट्रिय टिममा रहेका खलाडीहरूले यूईएफएको प्रशिक्षण कोर्स पनि गरिरहेका छन् । आफ्नो खेलाडी जीवनको अन्त्यपछि उनीहरूले बेल्जियम फर्किएर नयाँ पुस्ता विकास गर्न सघाउने अपेक्षा गरिएको छ ।

२४ वर्षका युरी टिलम्यान्सलाई टोलीको उदयीमान खेलाडीका रूपमा लिन सकिन्छ । उनले एफए कपको फाइनलमा यसै सिजन लेस्टर सिटीका लागि निकै उत्कृष्ट गोल गरेका थिए । यी खेलाडीसँग २०१८ को विश्वकपसहित टोलीका लागि झन्डै ४० खेल खेलेको अनुभव छ । ‘हरेक खेल जित्ने कोसिस गर्ने र नयाँ युवाहरूमा जित्न सकिन्छ भनेर सन्देश दिने योजना हो,’ टिलिम्यान्सले भने, ‘यस्तो सन्देश युवा खेलाडीहरूमा फैलाउँदा हामीले विजयी मानसिकतालाई कायम राख्न सक्छौँ र सफलता निर्माण गर्छांै भन्ने मलाई लाग्छ ।’

बेल्जियमको सफलताको कथा दुर्लभ हुनसक्छ । तर कुनै देशले फुटबलमा ‘गोल्डेन जेनेरेसन’को अनुभव गरेको यो पहिलो अवसर होइन । स्पेनको गोल्डेन जेनेरेसनले २००८–२०१२ को युरोकप तथा २०१० को विश्वकप जित्यो । फ्रान्सले १९९८ को विश्वकप तथा युरो २००० जित्यो । रुई कोस्टा र लुइस फिगोको पोर्चुगल उपाधि जित्न असफल रह्यो । तर क्रिस्टियानो रोनाल्डोले २०१६ मा उपाधि दिलाए । तर माइकल ओवेन, डेभिड बेकह्याम र स्टेभेन जेरार्डको इङ्लिस गोल्डेन जेनेरेसन कहिल्यै कुनै प्रतियोगिताको फाइनलमा पुगेन ।

२०१८ को रुस विश्वकपमा बेल्जियम उपाधि नजिक थियो । अन्तिम १६ मा जापानविरुद्धको थ्रिलिङ खेलमा अन्त्यतिर उसले आक्रमण थालेको थियो । २–० ले पछि परेको अवस्था उल्ट्याउँदै बेल्जियमले ३–२ को जित निकाल्दा एक कमेन्टेटर चिच्याएका थिए, ‘के तपाईं यो विश्वास गर्नुहुन्छ रु’

ब्राजिलविरुद्धको क्वाटरफाइनलमा लुकाकुलाई ट्याङ्कसँग नै तुलना गरिएको थियो । उनले नै डी ब्रुयानेलाई निर्णायक गोलको अवसर मिलाइदिए । कोर्टवाले पनि शृङ्खलाबद्ध रूपमा उत्कृष्ट बचाउहरू गरे । बेल्जियम सेमिफाइनलमा पुग्यो । तर त्यहाँ फ्रान्ससँग १–० ले पराजित भएपछि उसको उपाधि यात्रा टुङ्गियो ।

यसका बाबजुद इङ्ल्यान्डलाई हराएर उसले तेस्रो स्थान हासिल ग¥यो । बेल्जियमका खेलाडीहरू घर फर्किएपछि ब्रसेल्समा उनीहरूलाई भव्य सम्मान गरियो । खचाखच ग्रोट मार्कट ९भव्य दरबार० अगाडि टोलीले खुसी मनाइरहँदा देशको विविधता पनि झल्किएको थियो । अर्कोपटक, घाँटीमा च्याम्पियनको मेडल झुन्ड्याएर खेलाडीहरू यहाँ उभिन चाहन्छन् ।

गोलकिपर कोर्टवालाई यो वसन्त कठिन हुनेछ भन्ने थाहा छ । ‘फुटबल फुटबल नै हो । यो अपेक्षित हुन्न । तपाईंले जर्मनी, स्पेन, इटली, हल्यान्ड, इङ्ल्यान्डलाई बिर्सनुहुन्न, साना देशहरूले पनि दुःख दिनसक्छन् । तर अहिले भने केही सफलता हासिल गर्नेमा आशावादी छौँ । हामीसँग साँच्चै महत्त्वाकाङ्क्षी टोली छ र हामी उपाधिका लागि भिड्दैछौँ ।’

अहिले वा निकट भविष्यमा सफलता हात लाग्छ भन्नेमा कोर्टवा विश्वस्त छन् । ‘यदि हामीले यो उपलब्धि हासिल गरेनौँ भने पनि आगामी वर्षहरूमा नयाँ पुस्ता आउनेछ किनकि बेल्जियममा नयाँ प्रतिभा उत्पादनका लागि कडा मेहिनेत भइरहेको छ ।’

बल हान्न सुरु गरेदेखि नै खेलाडीहरूले सफलताकै सपना देखिरहेका छन् र लुकाकुलाई यो जसरी पनि सफल हुनुपर्छ भन्न थाहा छ । ‘यदि हामीले आफूलाई राम्ररी तयार ग¥यौँ । यदि राम्रो प्रदर्शन ग¥यौँ भने हामीलाई कसैले रोक्न सक्दैन,’ उनले भने । सीएनएन बाट अन्वेषण अधिकारीद्वारा अनुवाद 

तपाईको प्रतिक्रिया