पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत । अविरल वर्षा कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कर्णाली राजमार्गको तल्लोडुंगेश्वर–रामाघट सडक खण्डको जम्ुबकाँध नगरपालिकामा पर्ने साङ्गेतडामा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।

फायल तस्वीर ।

सडक सुचारु गर्न डोजरले काम गरिरहेपनि सुचारु गर्न नसकिएको ईलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक खिम खड्काले जानकारी दिए । उनकाअनुसार आज सडक सुचारु गर्ने प्रयास जारी छ ।

राजमार्गको आधा दर्जन ठाउँमा गएको पहिरो हटाएपनि साङ्गेतडामा ठूलो पहिरो सडकमा खसेकाले हटाउन सहिएको छैन् । राजमार्ग खण्डको जिरोप्वाइन्छ, खड्कबाडा, घट्टेखोला लगायतका स्थानमा पहिरो गएको थियो ।

तपाईको प्रतिक्रिया