विश्वमा ९६ जनामा एक घरबारविहीन

संसारमा प्रत्येक ९६ जनामा एक व्यक्ति घरबारविहीन रहेको एक तथ्यांकले देखाएको छ। यसको मुख्य कारण युद्ध, दमन रहेको बताइएको छ। सिरियामा मात्र ११ करोड मानिस घरबारविहीन भएको संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले जनाएको छ।

एजेन्सीका कमिश्नर फिलिपो ग्रान्डीका अनुसार जुन जनसंख्याको ४५ प्रतिशत हुन्छ। एक करोड जनतासँग आफ्नो मुलुक नै नरहेको उनले बताएका छन्। कोरोनाको महामारीले २०१९ को तुलनामा २०२० मा ३० लाख बढि विस्थापित भएका छन्। शरणार्थी दिवसको दिन यो प्रतिवेदन सार्वजनिक गरिएको हो। २०१९ सम्ममा ७.८ करोड विस्थापित भएका थिए भने २०२० मा यो दर बढेर ८.२४ करोड पुगेको हो।

विश्वभर अहिले ८.२४ करोड मानिस घरबारविहीन छन्। ४.५७ करोड आन्तरीक रुपमा नै विस्थापित भएका छन् भने २.६४ करोड शरणार्थी रहेका छन्। ४२ लाखले अन्य मुलुकमा शरण लिन खोजिरहेका छन्। दमन र युद्धका कारण सबैभन्दा बढि सिरियाका जनता प्रभावित बनेको प्रतिवेदनले देखाएको छ। सिरियाका उत्तरपूर्वका धेरै कुर्दहरू १९६२ मा उनीहरूको नागरिकता खारेज गरिएको थियो। सिरियामा पहिले ३ लाख राज्यविहीन कुर्दहरू थिए। तर, अहिले देशका १.१ करोड मानिस विस्थापित छन्। ६७ लाख अन्य देशमा भागेका छन्।

यस्तै, अफगानी शरणार्थीको संख्या बढेको छ। २००१ मा अमेरिकामा भएको आक्रमण पछि आन्तरिक युद्धले उनीहरूलाई घरबारविहीन बनाएको प्रतिवेदनले देखाएको छ। विश्वमा अर्को ठुलो शरणार्थी संकटमा रोहिंग्या परेका छन्। म्यानमारको राखिन र बंगलादेशमा चटगाउँमा रहेका यो समुदाय २०१४ को जनगणनामा १० लाख रोहिंग्या बाहिरिएको बताइएको छ। २०१७ मा हिंसाको कारण उनीहरू अन्य मुलुक भाग्नुपरेको हो।

भारत सरकारले १४ हजार रोहिंग्या रहेको बताएको थियो। तर भारतमा ४० हजार रोहिंग्याहरू रहेको अनुमान गरिएको छ। यस्तै, बंगलादेशमा ७ लाख शरणार्थी रहेको बताइएको छ। २०१७ मा बंगलादेशको कोक्स बजारमा ७ लाख भन्दा बढी रोहिंग्याहरू आएको प्रतिवेदनले देखाएको छ। । एक लाख शरणार्थीहरू ४० वर्ग किलोमिटर भसन चार टापुमा बसोबास गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया