४ हजार ५२२ जना संक्रमित थपिए, ४१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२ जनामा कोरोनभाइरसको संक्रमण पुष्टि भएको छ । १६ हजार ९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितहरुमा धौलागिरी अस्पतालबाट पुराना मितिमा भएका परीक्षणहरु एकमुष्ट रुपमा प्राप्त भएकाले प्रतिवेदनमा एकमुष्ट समावेश गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख २६ हजार ३४३ जना तथा एन्टिजेन विधिबाट २८ हजार १२७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यही अवधिमा थप ४९५४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा ५ लाख ६४ हजार ८८२ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९०।२ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा थप ४१ जनाको मृत्यु भएको छ । हालसम्म ८ हजार ८१३ जनाले कोभिड–१९ बाट ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड–१९ बाट मृत्यु दर १।५ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया