कांग्रेस सुर्खेतले अर्को हस्ती गुमायो, रहेनन गिरी

सुर्खेत । नेपाली कांग्रेस सुर्खेतले एक कुशल राजनीतिज्ञ गुमाएको छ । नेपाली कांग्रेस भेरीगंगा नगरपालिकाका नगर सभापति वेदु गिरीको उपचारको क्रममा आज निधन भएको हो ।

रहेनन् पश्चिम सुर्खेतका चम्किला तारा ‘विष्ट’

काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका सभापति गिरीको आज निधन भएको नेपाल तरुण दल सुर्खेतका सभापति हरी विष्टले जानकारी दिए । ४८ वर्षीय गिरी भेरीगंगा नगरपालिका १२ छिन्चुका स्थायी बासिन्दा हुन् । केही समय पहिला एपेण्डीसाइटको अप्रेशन गरेका गिरीको सोही घाउबाट क्यान्सर भएको थियो ।

अलबिदा नेता ज्यू ! पश्चिमसुर्खेत टुहुरो बन्यो

क्यान्सरको उपचार गर्न अस्पताल भर्ना भएका गिरीलाई कोरोना संक्रमणबाट निधन भएको सभापति विष्टले जानकारी दिए । गिरी पञ्चायतकालदेखी नै क्याम्पस पढ्दा विद्यार्थी राजनीतिबाट पार्टी राजनीति शुरु गरेको भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्यले जानकारी दिइन् ।

उनकाअनुसार पूर्वी सुर्खेत र प्रदेश सभा (ख) ले एक कुशल राजिनीतिज्ञ गुमाएको छ । तरुण दल सुर्खेतको १३ वर्ष सभापति भएका गिरी नेपाली कांग्रेसको आसन्न महाधिवेशन प्रतिनिधि समेत हुन् ।

‘कांग्रेसले एक हस्ती त गुमायो नै, पार्टीले अपूरणिय क्षती व्यहोर्नु परेको छ,’ तरुण दल सभापति विष्ट भन्छन्, ‘हक्की, निडर र जहिले पनि जनको पक्षमा आवाज उठाउने उहाँ जस्तो कुशल राजिनितिज्ञ हामीले सदाका लागि गुमायौं, दुःखीद् छौं ।’

यहीँ असार ६ गते नेपाली कांग्रेसका पूर्व सभापित तप्त विष्टकाे पनि काेराेना संक्रमण भएपछि उपचारकै क्रममा काठमाडाैंकाे मेडिसिटी अस्पतालमा निधन भएकाे थियाे ।

तपाईको प्रतिक्रिया