कांग्रेस क्रियाशील सदस्यता छानविनको मापदण्ड ल्याइने

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता सम्वन्धी मापदण्डमा शीर्ष तहमा सहमती जुटाउने प्रयास गरिरहेको छ । कांग्रेसले शीर्ष तहमा सहमती जुटाएर शुक्रबार बस्ने पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकबाट मापदण्ड ल्याउने तयारी गरिरहेको छ ।

कांग्रेस मुख्यचिव कृष्णप्रसाद पौडेलले महाधिवेशनसँग सम्वन्धीत विषयमा भोलि (शुक्रबार) शीर्ष तहको बैठक बस्ने र क्रियाशिल सदस्यता मापदण्ड लगायतका महाधिवेशनसँग सम्वन्धी विषयको टुंगो लगाइने जानकारी दिए ।

बैठकमा कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका संयोजक र सदस्यहरुलाई डाकिएको छ । हाल कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले मापदण्ड नपाउँदा छानविनमा समस्या हुँदै आइरहेको बताएको छ । समितिले केही दिन अघि शीर्ष तहका नेताहरुसमक्ष मापदण्ड प्रष्ट पारिदिन आग्रह गरेको थियो ।

कांग्रेसले क्रियाशील सदस्यताको विवरण संकलनका लागि बनाएको अनलाइन प्रणालीमा हालसम्म ८ लाख २० हजार सदस्यता इन्ट्री भइसकेको छ । त्यसमध्ये करिब २ लाख २० हजार सदस्यताका विषयमा विभिन्न समस्या देखिएका छन् । ती सदस्यताको विषयलाई टुंगो नलाग्दासम्म महाधिवेशनबारे अन्योलता कायमै रहनेछ ।

तपाईको प्रतिक्रिया