जिक्री र पाँडेको ‘सक्किगो नि’ फेरि सुरु

काठमाडौंँ । निषेधाज्ञाका कारण रोकिएको लोकप्रिय हास्य टेलिसिरियल ‘सक्किगो नि’ फेरि सुरु भएको छ । निषेधाज्ञासँगै बन्द भएको सिरियल बिहिबारबाट फेरि सुरु भएको हो । निषेधाज्ञाको कारण रोकिएको ‘सक्किगो नि’ फेरि सुरु गरिएको सिरियलका निर्देशक तथा कलाकार कुमार कट्टले ‘जिक्री’ले जानकारी दिए ।

उनले सामाजिक संजाल मार्फत यसको जानकारी दिएका हुन् । करिव दुई महिना रोकिएपछि ‘सक्किगो नि’ फेरि सुरु भएको हो । टेलिसिरियलको स्टक भाग नभएको कारणले रोकिएको ‘सक्किगो नि’ अहिले नयाँ भाग सुटिङ गरेर ल्याइएको छ ।

निषेधाज्ञाको समय छायाँकन असम्भव भएकोले रोक्नु बाहेकको विकल्प आफुसँग नभएको बताएका निर्देशक कट्टेलले सो समय खुल्ने बितिक्कै ल्याउने बाचा समेत गरेका थिए ।

‘सक्किगो नि’मा अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिक्री’, रक्षा श्रेष्ठ, मधुसुदन पाठक, अशोक धिताल, सागर लम्साल, दीपक आचार्य ‘काकु’ लगायतका कलाकार देखिँदै आएका छन् ।

तपाईको प्रतिक्रिया