छलफलमा देउवा, विमलेन्द्र निधिपनि पुगे बुढानिलकण्ठ

नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै जाँदा नेताहरुले आन्तरिक छलफल तीव्र बनाएका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु निकटका शीर्ष नेताहरुलाई छलफलका लागि बुढानिलकण्ठ बोलाएका छन् । बैठक अहिले जारी रहेको छ ।

बैठकमा उपसभापति विमलेन्द्र निधि, विजय कुमार गच्छदार, पूर्णबहादुर खड्का, प्रकाशशरण महत लगायतका नेताहरु सहभागी छन् । छ

सभापति देउवाले आगामी भदौमा निर्धारित १४ औं महाधिवेशनबारे छलफल गर्न नेताहरुलाई बोलाएको देउवाको सचिवालयले जनाएको छ ।

निधिले आगामी महाधिवेशनमा सभापति पदको उम्मेदवार बन्ने घोषणा गरेका छन् । सभापतिमा दाबी गर्दै आएका महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग निधिले छलफल गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया