जसपाको विवाद मिलेन, दुबै पक्षले दल दर्ताको दावी गर्ने

काठमाडौं । जनता समाजवादीको विवाद मिलाउन निर्वाचन आयोगले आयोजना गरेको छलफलमा उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर दुबै पक्षले आफआफ्नो दावी कायम राखेका कारण विवाद निरुपण हुन सकेन ।

अब निर्वाचन आयोगले दल दर्ताका लागि दुबै पक्षलाई दावी पेश गर्न आग्रह गर्ने भएको छ। मंगलबार निर्वाचन आयोगले सहमतिका लागि जसपाका दुबै पक्षलाई आयोगमा बोलाएर छलफल गरेको थियो । तर, दुबै पक्षले आफ्नो दावी नछाडेपछि आयोगले उनीहरुलाई दल दर्तासम्बन्धी ऐनअनुसार दावी लिएर आउन भनेको छ ।

छलफलपछि निर्वाचन आयोग स्रोतले भन्यो, ‘उहाँहरु एकताका लागि सहमत हुन भएन । तर फुट्नका लागि सहमत हुनुभयो । अब दुबै पक्षले आधिकारिकताका लागि दावी पेश गर्ने सहमति भएको छ ।’

आयोगले जसपा विवाद समाधानका लागि बुधबार इजलास गठन गर्ने र दुबै पक्षले दल दर्तासम्बन्धी ऐन बमोजिम दावी पेश गर्ने सहमति जुटेको आयोग स्रोतको भनाइ छ ।

तपाईको प्रतिक्रिया