नाष्टको अध्यक्षमा खगराज बराल नियुक्त, सचिवबाट राजीनामा

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नाष्ट०को अध्यक्षमा नेपाल सरकारका सचिव खगराज बराल नियुक्त भएका छन् । एक वर्षदेखि रिक्त रहेको अध्यक्षमा नाष्टका कुलपति रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बराललाई अध्यक्षमा नियुक्त गरेका हुन् ।

सचिव बराललाई ओलीले नाष्टको अध्यक्षमा नियुक्त गरेपछि बरालले सचिवबाट राजीनामा दिएका छन् । आउँदो साउन २६ गते अनिवार्य अवकाश हुन लागेका बराल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको जिम्मेवारीमा थिए ।

तपाईको प्रतिक्रिया