फेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्यास गरी सबै पेट्रोलियम पदार्थहरुको मूल्य बढाएको हो ।

आज रातिबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक वायु सेवाको हवाई इन्धनमा प्रतिलिटर दुई–दुई रुपैयाँको दरले मूल्य वृद्धि गरेको छ । नयाँ मूल्य सूचीका अनुसार अब पेट्रोल १२९ रुपैयाँ प्रतिलिटर, डिजेल र मट्टीतेल ११२ रुपैयाँ प्रतिलिटर पुगेको छ भने आन्तरिक हवाई इन्धन ८४ रुपैयाँ प्रतिलिटर, अन्तर्राष्ट्रिय वायु सेवाको इन्धन ७५४ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर एक हजार चार सय २५ रुपैयाँ पुगेको जनाएको छ ।

तपाईको प्रतिक्रिया