जब दिलिप कुमारले अदालतमा भनेका थिए, ‘म मधुबालालाई प्रेम गर्छु’

काठमाडौं । बलिउडका दिग्गज अभिनेता दिलिप कुमारको निधन भएको छ । उनी ९८ वर्षका थिए । पछिल्लो केही समयदेखि उनी बिरामी थिए र परीक्षणका लागि बारम्बार अस्पताल लगिएको थियो । यी अभिनेताको निधनपछि प्रशंसकले उनलाई निकै याद गरिरहेका छन् र उनको जीवनसँग जोडिएको कुरा स्मरण पनि गरिरहेका छन् ।

दिलिप कुमारको मधुबालासँगको सम्बन्धको चर्चा नयाँ पीढीसम्म हुने गर्छ । यी दुईबीचको अत्यधिक प्रेम यसको कारण हो । उनीहरुको सम्बन्धको अन्त्य राम्रो त भएन तर यी दुईबीचका सम्बन्धमा यदि कुनै तिता याद छन् भने केही मिठा पनि ।

प्रेम पनि भयो र झगडा पनिः 

मधुबाला र दिलिप कुमारको प्रेम कहानी सन् १९५१ मा रिलिज भएको फिल्म तरानाको सेटबाट सुरु भएको थियो । यी दुईको पहिलो नजरमा नै प्रेम बस्यो । मधुबालाले आफ्नो प्रेम व्यक्त गर्नका लागि दिलिप कुमारको मेकअप रुपमा एउटा पर्चा र गुलाब पठाएकी थिइन् ।

यो पर्चामा लेखिएको थियो, ‘यदि तपाईंलाई पनि मसँग प्रेम छ भने यो गुलाब स्वीकार गर्नुहोस् ।’ दिलिपले मुस्कुराउँदै मधुबालाको प्रेम प्रस्तावलाई स्वीकार गरे । पछि दिलिप कुमार पनि मधुबालाको प्रेममा यति डुबेकी उनी आफ्नो फिल्मको सुटिङ छोडेर त्यहाँ पुग्दथे जहाँ मधुबालाको फिल्मको सुटिङ भइरहेको हुन्थ्यो ।

जब कुरा बिग्रियोः 

यी दुईको सम्बन्धमा त्यतिबेला अड्चन सुरु भयो जब यो कहानीमा मधुबालाका पिता अताउल्ला खानको प्रवेश भयो । खान आफ्नी छोरीमाथि कडा निगरानी राख्दथे । यहाँसम्म कि उनको यो दखलले निर्देशक पनि वाक्क थिए । कुरा त्यतिबेला बिग्रियो जब बीआर चोपडा मधुबाला र दिलिप कुमारलाई लिएर फिल्म ‘नयाँ दौर’ को सुटिङ गरिरहेका थिए ।

चोपडा भोपाल नजिकै दिलिप र मधुबालासँग आउटडोर सुटिङ गर्न चाहन्थे । तर अताउल्ला खान यसका लागि राजी भएनन् । खानले मधुबाला र दिलिप कुमारको रोमान्सको डरले उनीहरुलाई आउटडोर सुटिङका लागि अनुमति नदिएको पनि बताइन्छ ।

चोपडाले मधुबालाको साटो वैजयंतीमालालाई साइन गराए र मधुबालालाई क्रस गरिएको तस्बिर पत्रिकामा छपाइदिए । त्यसको नजिकै अर्को तस्बिर छापियो जुन वैजयंतीमालाको थियो । जवाफमा खानले पनि मधुबालाको सबै फिल्मको नाम लेखेर ‘नयाँ दौर’ माथि क्रस लगाएर पत्रिकामा छपाइदिए । यो मामिला यति बिग्रियो कि यो अदालतसम्म पुग्यो । पछि जब सुनुवाईको क्रममा दिलिप कुमारको बयान लिइयो तब उनले अदालतमा भने, ‘म मधुलाई प्रेम गर्छु र पछि पनि गरिरहनेछु ।’ तर यी दुईको सम्बन्धमा निकै उतार–चढाव जारी रह्यो ।

तर एकदिन यस्तो समय आयो जब यो प्रेम कहानीको अन्त्य भयो । तर यी दुईले सम्बन्ध टुटेपछि पनि फिल्म मुगल आजमको सुटिङ भने गरिरहे तर एक–अर्कासँग फिटिक्कै बोलेनन् । पछि दिलिप कुमारले सायरा बानोलाई आफ्नो सहयात्री चुने ।

तपाईको प्रतिक्रिया