माधव नेपाललाई भेटेर भीम रावल फर्किएपछि एमाले कार्यदलको वार्ता शुरू

काठमाडौं । नेकपा एमालेको कार्यदलबीच अर्थमन्त्रालयमा वार्ता शुरू भएको छ । बैठक शुरू हुनुअघि भीम रावल नेता माधव नेपाल भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । वार्तामा आफ्नो पक्षबाट प्रस्तुत हुनेबारे रणनीतिको लागि छलफल गर्न रावलले नेपाललाई भेटेको बताइएको छ ।

 

रावल सिंहदरवार फर्केलगत्तै अहिले वार्ता जारी छ । हिजो दिउँसो नेताहरूले विवाद समाधानउन्मुख भएको बताउँदै आजसम्ममा सहमति हुने बताएका थिए । राति अबेरसम्म ओली र नेपाल दोस्रो तहका नेताहरूसहित छलफलमा बसेका थिए । तर, त्यो छलफलमा ठोस सहमति हुन भने सकेको थिएन ।

तपाईको प्रतिक्रिया