१८ सय ३१ संक्रमित, २० जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो समय ९ हजार दुई सय १८ जनामा कोरोना परीक्षण गर्दा थप एक हजार ८ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेल ले कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको जानकारी दिए। २४ घण्टामा एक हजार पाँच सय ३३ जना कोरोनामुक्त भएका छन्।

तपाईको प्रतिक्रिया