अन्ततः आधा तलब घटाएर बार्सिलोनामै रहने भए मेस्सी

काठमाडौं । अर्जेन्टिनी फुटबलका कप्तान लियोनल मेस्सी आधा तलब घटाएर बार्सिलोनामै रहने भएका छन्। ५० प्रतिशत तलब कटौतीका आफ्नो सम्झौता नवीकरण गर्न सहमत भएका स्पेनी पत्रिका मार्काले जनाएको छ।

बार्सिलोनाले आफ्नो अडानका कारण मेस्सी २०२६ सम्म बार्सिलोना बस्न राजी भएका अन्तर्राष्ट्रिय खेल सञ्चारमाध्यमले उल्लेख गरेका छन्। मेस्सीले क्याम्प नोउमा रहन चाहेको कुरा क्लबको आर्थिक समस्याबाट बचाउन खोजेकोमा भने प्रदर्शन भएको थियो।

बार्सिलोना अन्य खेलाडी जेरार्ड पिके, सर्जियो बुस्केटस, सर्जि रोबर्टो र जोर्डी अल्बाजस्ता खेलाडीले क्लबको निर्णयप्रति कदर गर्ने बताएका छन्। साथै बार्सिलोनाले यी चार खेलाडीहरूको पनि तलब नवीकरण गर्ने अपेक्षा गरिएको छ।

मेस्सीले हालसम्म बार्सिलोनाबाहेक अन्य क्लबबाट व्यावसायिक फुटबल खेलेका छैन। गत महिना उनको क्लबसँगको सम्झौता सकिएको थियो। सन् २००४ देखि बार्सिलोनाको सिनियर टोलीबाट खेल्न थालेका मेस्सीले क्लबको सिनियर टोलीबाट हालसम्म ५ सय २० खेलमा ४ सय ७४ गोल गरिसकेका छन्। उनी विश्वमै सबैभन्दा बढी बालोन९६ पटक० डिओर पाउने एक्ला खेलाडी हुन्।

तपाईको प्रतिक्रिया