विघटित एमाले कार्यदलको बैठक, यी विषयमा भयो छलफल

नेकपा एमालेको विघटित कार्यदलका सदस्यहरु छलफलमा जुटेका छन् । सिंहदरबारमा आज भएको छलफल सदस्यहरु कार्यदलमा भएको सहमतिअनुसार अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् । दुबै पक्षबीच भएको छलफलमा कार्यदलको सहमति अनुसार पार्टीलाई एकताबद्ध बनाउने निष्कर्ष निकालिएको एमाले नेता सुवाचन्द्र नेम्वाङले बताए ।

कार्यदलले गरेको सहमति पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई बुझाइसकेको छ। पार्टीभित्र देखिएका विवाद समाधान गर्नका लागि गठित कार्यदलले गत असार २७ गते १० बुँदे सहमति गर्दै पार्टीलाई एकताबद्ध बनाउने निर्णय गरेको थियो। अहिले कार्यदल भंग भइसकेको छ ।

पार्टी सचिव गोकर्ण विष्टले नयाँ सहमतिका आधारमा पार्टी एकता बचाउनका लागि छलफल गरिएको बताए।

तपाईको प्रतिक्रिया