कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बस्दैछ । अहिले केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुने बैठकमा पार्टीको १४औं महाधिवेशनका लागि क्रियाशील सदस्यताको विषयमा छलफल हुने पार्टीका सह–महामन्त्री प्रकाशशरण महतको जानकारी दिनुभयो ।

यस्तै, बैठकले केन्द्रीय महाधिवेशनको कार्यतालिका संशोधन नगरी तल्ला तहका अधिवेशनहरूको कार्यतालिका संशोध गर्ने सन्दर्भमा पनि छलफल हुने महतको भनाइ छ । यस्तै, बैठकमा शुक्रबार सह–महामन्त्री डा. महत र डा. मिनेन्द्र रिजाललाई दिइएको निर्वाचन निर्देशिकाको सन्दर्भमा पनि छललपल हुनेछ ।

बैठकमा क्रियाशील सदस्यता छानविन समितिका सदस्ये श्यामकुमार घिमिरेमाथि भएको भौतिक आक्रमण्को सन्दर्भमा पनि छलफल हुनेछ । घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यताको कार्यप्रति असन्तुष्ट पार्टीकै केही कार्यकर्ताले आक्रमण गरेका थिए ।

नेपाली कांग्रेसले भदौको १६ देदि १९ गतेसम्म पार्टीको महाधिवेशन गर्दैछ । यसअघि कांग्रेसले पार्टीको महाधिवेशन कार्यतालिका पटक–पटक संशोधन गर्दै आएको छ । डेढ महिनाभित्र कांग्रेसले महाधिवेशन नगरे पार्टीको अस्तित्व संकटमा पर्नेछ ।

तपाईको प्रतिक्रिया