काठमाडौं । नेकपा एमालेले ३२ जना सांसदले अक्षम्य अपराध गरेको बताएको छ । एमाले बैठकमा महासचिव ईश्वर पोखरेलले पार्टीको निर्णय विपरीत विपक्षी दलका नेतालाई मत दिएको भन्दै अक्षम्य अपराध गरेको बताए ।
“हिजोमात्रै पार्टीको निर्णयविपरीत विपक्षी दलका नेतालाई मत दिने काम भयो,” उनले भने, “यो अक्षम्य अपराध हो, सबैलाई कारवाहीका लागि छलफल भइरहेको छ ।”

नेपालीरैबार । २०७८ श्रावण ४, सोमबार