माधव नेपालप्रति आक्रोश पोख्दै ओलीले भने– विषवृक्षलाई अझै सम्मान ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्का वरिष्ठ नेता माधवकुमार नेपाललाई विषवृक्षसँग तुलना गरेका छन् । जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले विषवृक्षलाई अझै सम्मान ? भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार संसद्मा सम्बोधन गर्दै नेता नेपाललाई सम्मान नगरिएको गुनासो गरेका थिए । आजको केन्द्रीय कमिटी बैठकमा ओलीले भनेका थिए, “हाम्रो पार्टीका नेतालाई सम्मान भएन भनेर भनियो । विषवृक्षलाई अझै सम्मान ?”

तपाईको प्रतिक्रिया