हुम्ला । घर बिदामा घर आएका नेपाली सेनामा कार्यरत सोरु गाउँपालिका–११ का खड्कजन मल्ल आफ्नै घरमा मृत आवस्थामा भेटिएका छन् । विदा मागेर घरमा आएका जवान मल्ल आफ्नै घरको गोठमा मृत अवस्थामा फेला परेका हुन् ।
‘आप्नै गोठमा झुण्डीएका मल्ललाई मृत अवस्थामा घरका परिवारले फेला परेका हुन्’ वडा अध्यक्ष मल्लले भने, ‘नेपाली सेनामा भर्ती भएर मल्ल घर बिदामा आएका वेला किन यसरी आत्म हत्याको बाटो रोजे यसका बारेमो केहि कुरा पत्ता लागेको छैन् ।’
घरको गोठमा झुण्डीएर आत्महत्या गरेका मल्लले किन यस्तो बाटो अबलम्बन गरे भन्ने बारेमा कुनै जानकारी नआएको उनका परिवारलाई उदृत गर्दै वडा अध्यक्ष शाहीले जानकारी दिए । मल्लको मृत्युको खबर सार्वजनिक हुने बित्तिकै कालै प्रहरी चौकीको सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर सुरक्षाको निगरानी गरेको जानकारी दिएका वडाअध्यक्ष मल्ले मृत्युका कारण बारेमा प्रहरीले अनुसन्धान थालेको बताए । कालै प्रहरी चौकीको प्रहरी सहायक निरीक्षक कमल चन्दको नेतृत्वमा घटनास्थलमा खटिएको टोलीले शव पोष्टमार्टमका लागि मुगु सदरमुकाम गमगढी लाने तयारी गरिएकाे छ ।

नेपालीरैबार । २०७८ श्रावण ४, सोमबार