कांग्रेस महाधिवेशनका लागि ‘डिजिटल भोटिङ’ को प्रविधि तयार

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा डिजिटल भोटिङबाट मतदान हुने भएको छ । नेपाली कांग्रेसले कोरोना महामारीको अवस्था कायमै रहेपनि आगामी १४ औँ महाधिवेशन डिजिटल माध्यमबाट गर्न सकिने प्रविधि निर्माण गरेको हो ।

केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले प्रविधिमैत्री अभियान सुरु गर्ने निर्णय लिएको उल्लेख गरिएको छ।

बैठकमा नेपाली कांग्रेसको वेबसाइटलाई आधुनिकीकरणका साथसाथै क्रियाशिल सदस्यताको अभिलेखिकरणको कार्यमा सकारात्मक रहेको बताइएको छ । ७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशन प्रतिनिधिले मतदान गर्न सक्ने गरी प्रविधि विकास गरिएको हो ।

कोरोना भाइरसको संक्रमण कम भएको मौकामा नेपाली कांग्रेसको १४औं महाधिवेशन भौतिक रुपमै आयोजना गर्ने अपेक्षा रहेपनि पछिल्लो समय बढ्दो कोरोनाको संक्रमणलाई ध्यानमा राखी विभागले ‘डिजिटल भोटिङ’ को सुरुवात गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया