ट्याक्टरमा स्वास्थ्य सामग्री लिएर भण्डारी गाउँ पुगेपछि..

सुर्खेत । साउने झरी, हिलाम्मे सडक, ठाउँठाउँमा खहरे खोला तर्दै वीरेन्द्रनगरबाट करिब ६ घण्टाको ट्याक्टरको यात्रापछि मात्र पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–४ स्थित तरङ्गा पुग्दा रातीको १ बजिसकेको थियो । ट्याक्टरको आवाज सुनेपछि अचानक राती को आयो गाउँमा भनेर गाउँलेहरु हातमा टर्च लिएर ट्याक्टर नजिकै पुगे ।


त्यो ट्याक्टरमा तरंगाकै युवा नेता भिम बहादुर भण्डारी तरङ्गाबासीलाई स्वास्थ्य सामग्री ल्याएर आएको थाहा पाएपछि स्थानीयहरु हर्षित भए । औषधीको् अभाव झेल्दै आएको तरङ्गामा आफ्नै व्यक्तिगत पहलबाट विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुसँग समन्वय गरी स्वास्थ्य चौकीमा आवश्यक औषधी लिएर गएपछि रातको १ बजेपनि स्थानीयहरु उठेर उनलाई स्वागत गरे ।


भण्डारी स्थानीय तहको निर्वाचनमा बराहताल गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षका उम्मेदवार थिए । आफु पराजित भएपनि गाउँ घरका हरेक सुख, दुःखमा साथ दिनु आफ्नो कर्तव्य भएको उनी बताउँछन् ।

‘गाउँमा औषधीको अभाव छ भन्ने खबर पाएपछि वीरेन्द्रनगरबाट जोखिम मोल्दै भएपनि ट्याक्टरमा स्वास्थ्य सामग्री लिएर रातको १ बजे गाउँमा पुगियो,’उनले भने, ‘म पराजित उम्मेदवार भएपनि गाउँ र समाजका लागि सदैव यो जीवन अर्पण गरेको छु ।’

अहिले गाउँमा निशुल्क औषधी पाएपछि स्थानीयहरुलाई राहत भएको छ । कोरोना महामारीमा खान नपाएर होस् या भाडा नभएर अलपत्र परेका विभिन्न जिल्लाका नागरिकलाई व्यक्तिगत खर्च गरेर उनीहरुलाई घरसम्म पु¥याएका थिए । कोरोनाको बढ्दो प्रकोपमा पनि उनले माक्स, सेनिटाइजर र साबुन लिएर गाउँ–गाउँमा वितरण गर्दै जनचेतना समेत जगाएका थिए ।

तपाईको प्रतिक्रिया