आर्थिक अभावले उपचारबाट बञ्चितलाइ तरूण अध्यक्ष विष्टकाे सहयाेग

सुर्खेत । आर्थिक अभावले प्यारालाइसिस राेग र रूखले च्यापिएर करङमा चाेट लागेर थलिएका दुइ जनालाइ आर्थिक सहयाेग गरिएकाे छ । वीरेन्द्रनगर–१ धारापानीका ६२ वर्षीय पूर्ण प्रसाद कँडेल र बांगेसिमलका ५० वर्षीय लालबहादुर विकलाई उपचारका लागि नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले आर्थिक सहयोग गरेका हुन् ।

गत चैत्र ७ गतेदेखि प्यारालाइसिस भएर आर्थिक अभावमा उपचार नपाएर थलिएका कँडेलको परिवारलाई आर्थिक सहयोग गरिएको विष्टले जानकारी दिए । ‘लामो समयदेखि प्यारालाइसिस भएको रहेछ । परिवारमा आर्थिक अभाव भएपछि उपचार नगरि बस्नुभएको खबर पाएपछि सहयोग गरिएको हो,’ विष्टले भने, ‘वीरेन्द्रनगर मै भएर पनि उपचारका लागि प्रदेश अस्पताल समेत जानुभएको रहेनछ । त्यसैले उहाँलाई उपचार गराउन आजै प्रदेश अस्पतालमा पहल गरिएको छ ।’

नेपाल लोकतान्त्रिक खेलकुद संघ कर्णाली प्रदेशका अध्यक्ष समेत रहेका विष्टले जनही १०/१० हजार नगद सहयोग गरेका हुन् । कँडेलका परिवारमा श्रीमति, बुहारी, नाती र नातिनी छन् भने उनका छोराको २०६९ साल भदौ २६ गते कर्णाली नदीमा गाडी दुर्घटना हुँदा मृत्यु भएको परिवारले जानकारी दिए । कँडेलको उपचारका लागि आर्थिक अभाव भएकोले थप सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।

यस्तै, अध्यक्ष विष्टले बांगेसिमल घर भएका लालबहादुर विकलाई १० हजार आर्थिक सहयोग गरिएको जानकारी दिए । ‘विकको रुखले च्यापिएर हात र करङमा चोट लागेपछि उपचारको लागि आर्थिक सहयोग गरिएको हो’ विष्टले भने, ‘उनलाई उपचारको लागि कोहलपुर मेडिकल कलेजमा लगिएको छ ।’

तपाईको प्रतिक्रिया