योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. विश्व पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

 पौडेलले यसअघि स्वर्णिम वाग्ले उपाध्यक्ष रहँदा आयोगको सदस्य भएर काम गरेका थिए। उनी अर्थतन्त्रबारे नियमित अखबारी लेखनमा समेत सक्रिय छन् । बैठकले आयोगको सदस्यहरूमा रामकुमार फुँयाल र दिलबहादुर गुरुङलाई नियुक्त गरेको छ ।

तपाईको प्रतिक्रिया