प्रकाश सपुतको नयाँ गीत ‘जिन्दगी यस्तै रहेछ’ सार्वजनिक

गायक प्रकाश सपुतको नयाँ गीत ‘जिन्दगी यस्तै नै रहेछ’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा सुरक्षा सिन्चुरी र अजय कार्कीको स्वर रहेको छ ।

सिन्चुरी रियालिटी शो भ्वाइस अफ नेपाल सिजन ३ को नकआउट चरणबाट बाहिरिएकी थिइन् ।गीतकार तथा मोडल दर्पन राईले निर्देशन गरेको भिडियोमा प्रकाश सपूत र समीक्षा बस्नेत देखिएका छन् । लोक ब्याटल्समा आधारित गीतको म्युजिक भिडियो आरके मानन्धरले खिचेका हुन् भने भिडियोको कन्सेप्ट निर्देशक राई स्वयंको रहेको छ ।

यस गीतको शब्द तथा संगीत गायक कार्कीकै रहेको छ । एमएएस इन्टरटेनमेन्टको ब्यानरबाट युट्युबमार्फत् सार्वजनिक भएको गीतको निर्माण पनि यसै कम्पनीले गरेको हो ।

तपाईको प्रतिक्रिया