भेरीको पानी लिफ्ट गर्न लगानी सुनिश्चित

मंसिर देखि काम सुरू हुने

सुर्खेत। भेरी नदीको पानी पम्पिड गरी वीरेन्द्रनगरमा ल्याउने आयोजना लागि लगानी पनि सुनिश्चित भएको छ । आयोजना सञ्चालनका लागि विश्व बैंक लगानी गर्न सहमत भएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिए ।

यो आयोजना सञ्चालनका लागि भण्डै ६ अर्ब रकमलाने अनुमान गरिएको छ । भेरी नदीमा निमार्ण हुने ट्याङ्कीका लागि। मात्रै ५० करोड, नदीबाट अमृतडाँडासम्मका पानी ल्याउन एक अर्ब ५० करोड र बीरेन्द्रनगर उपत्यकाभित्र विस्तारका लागि चार अर्ब ६७ करोड लाने अनुमान गरिएको छ ।

यसअघि आयोजना सञ्चालनका लागि संघीय खानेपानी मन्त्रालय, कर्णाली प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका र उपभोक्ता संस्थाले लगानी बेहोर्ने सहमति थियो । तर लगानीको सुनिश्चितता नहुँदा आयोजना अगाडि बढाउन सकिएको थिएन । विश्व बैंक लगानी गर्न तयार भएसँगै

आयोजना सञ्चालनको आश पलाएको हो । लगानीका लागि विश्व बैंकका नेपाल प्रतिनिधि र संघीय खानेपानी मन्त्रालयको प्रतिनिधिले आयोजनाको स्थलगत अध्ययन, हालसम्मको प्रगति अवस्थाको अध्ययन गरेर फर्किएको छ । लगानी र आयोजना सञ्चालनका लागि टोलीले आयोजनाको स्थलगत अध्ययन, वीरेन्द्रनगर नगरपालिका र उपभोक्ता संस्थासँग आवश्यक समन्व तथा छलफलसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया