ब्राउन सुगरसहित साेलीघाेप्टेका थापा र भुरेलीका बुढा पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागु औषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरकोे छ । वीरेन्द्रनगर नगरपालिका–१ सोलीघोप्टेमा लागू औषधको कारोवार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।


वीरेन्द्रनगर १ सोलीघोप्टे बस्ने २० वर्षीय हिमाल थापाले शंकास्पद गतिविधि गरिरहेको अवस्थामा उनले चलाएको भे ७ प ५५७५ नम्बरको मोटरसाईलकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

उनकाअनुसार थापाको शरिरीर खानतलासी गर्दा हातमा समातेको २ ओटा पुडिया र उनले घरमा राखेको ४८ पुडिया लागु औषध बरामद गरिएको छ । थापाबाट प्रहरीले २२ ग्राम ६९० मिलिग्राम लागुऔषध बरामद गरेको छ ।

थापाले दिएको जानकारीअनुसार प्रहरीले वीरेन्द्रनगर–२ भुरेली बस्ने २० वर्षीय मानबहादुर बुढालाई समेत नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिरहेको प्रवता घर्तीले जानकारी दिए । थापा र बुढालाई पक्राउ गर्न प्रदेश प्रहरी, जिल्ला कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरोबाट पोशाक र सादा पोशाकसहितका प्रहरी खटिएका थिए ।

तपाईको प्रतिक्रिया