कम्प्युटरमा काम गर्नेले यी हुन् खानै पर्ने खानेकुराहरू

पछिल्लो समय आधुनिक प्रविधीको विकाश भएसँगै मानिसहरु अफिसलगायतका घरको अन्य कामको लागि पनि कम्प्युटर वा ल्यापटको प्रयोग गर्ने गर्दछन् । यसरी लामो समयसम्म कम्प्युटर वा ल्यापटमा काम गर्दा शरीरमा विभिन्न किसिमका समस्या देखिनुका साथै आँखामा नराम्रो असर पारिरहेको हुन्छ । यसका साथै लामो समयसम्म काम गर्नाले नशा र ढाड कम्मर सम्बन्धी समस्या, शरीरमा बोसोको मात्रा पनि बढेर मोटोपन भइरहेको हुन्छ । तसर्थ लामो समय सम्म ल्यापटप वा कम्प्युटरमा काम गर्ने व्यक्तिहरुले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

हरियो धनियाँ- हरियो धनियाँमा क्यारोटीनोइड नामक पदार्थ पाइन्छ । जसले आँखाको ज्योतिलाई बढाउन मद्धत गर्दछ ।

स्याउ- स्याउमा प्रशस्त मात्रामा फाइबर पाइने हुनाले यसले पाचनमा मद्धत गर्दछ ।

दुध- दुधमा भिटामिन ए, प्रोटिन लगायतका विभिन्न पोषक तत्वहरु पाइन्छ ।जसले आँखाको रोशनी बढाउन मद्धत गर्दछ ।

कागती पानी- कागती पानीको दैनिक रुपमा सेवन गनेर्् । कागती पानीको सेवनले शरीरको थकानर्ला कम गर्नुका साथै एकै स्थानमा बसेर काम गर्दा भएको मोटोपनलाई पनि नियन्त्रण गर्दछ ।

केरा- केरामा पोटासियम पाइन्छ । जसको सेवन गर्नाले शरीरमा उर्जा प्रदान गर्दछ ।

तपाईको प्रतिक्रिया