हितेन्द्रदेव भन्छन्,: अक्षम भनेर निकाल्न पाइँदैन, कतैबाट राजीनामाको अनुरोध पनि आएकाे छैन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई राजीनामाको अनुरोध वा निर्देशन कहिँकतैबाट नआएका दावी गरेका छन् ।

बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले वैकल्पिक बाटा दिइए प्राधिकरण छाड्न तयार भएको तर अक्षम भनेर निकाल्न खोजिए शैह्य नहुने बताए । ‘वैकल्पिक बाटो दिँदा जान्छु, जिम्मेवारी लिन्छु’, उनले भने, ‘अक्षम भनेर निकाल्न पाइँदैन, अन्याय गरे अदालत पनि छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई राजीनामा दिन निर्देशन दिएसँगै शाक्यले यस्तो बताएका हुन् । देउवाले शाक्यलाई हटाएर पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणमा ल्याउन चाहेका छन् भने सोही अनुसारको तयारी गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिइसकेका छन् । उनले आफूले कार्यकाल सम्हालेयता प्राधिकरण सुधारको काम धेरै गरेको पनि दावी गरे । – रातोपाटी  

तपाईको प्रतिक्रिया