कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

काठमाडौं । कोरोना संक्रमणबाट देशभर मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट शुक्रबार थप २५ जनामा मृत्यु भएसँगै मृतकको संख्या १० हजार १९ जना पुगेको हो।

पछिल्लो समय कोरोना संक्रमित संख्या बढेसँगै मृतक पनि बढ्दै गएका मन्त्रालयको तथ्यांकले देखाएको छ। मन्त्रालयको कोभिड(१९ तथ्यांक विवरणअनुसार गत १७ गते आइतबारदेखि मृतकको संख्या बढेको देखिन्छ। त्यसदिन १८ जनाको मृत्यु भएको थियो। १८ गते सोमबार २३ जना १९ गते मंगलबार २४ जना, २० गते बुधबार ३५ जनाको मृत्यु भएको थियो।

त्यस्तै २१ गते बिहीबार ३७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो। २४ घण्टाभित्रमा १५ हजार ६ सय ७५ जनाको कोरोना परीक्षण गर्दा थप तीन हजार ७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

एक हजार ८ सय ८५ जना कोरोना मुक्त भएका छन। काठमाडौंमा चार सय ७१ भक्तपुरमा ८३ र ललितपुरमा एक सय ४७ गरी उपत्यकाभित्र कुल ७ सय एक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया