नेपालमा प्रत्येक घण्टा एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । प्रत्येक घण्टा एक जना कोरोना संक्रमितको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक हप्ताको तथ्याकं विश्लेषण गर्दा प्रत्येक घण्टा एक देखि दुइ जनाको मृत्यु हुने गरेको हो । केहिदिनयता संक्रमणदर र मृतक संख्या बढ्दो क्रममा रहेको छ ।

सांकेतिक तस्वीर

पछिल्लो एक हप्तामा एक सय ८५ जनाको मृत्यु भएको छ । गत शनिवार २३, आइतवार १८, सोमबार २३, मंगलबार २४, बुधबार ३५ संक्रमितको मृत्यु भएको छ । यस्तै, बिहीबार ३७ र शुक्रवार २५ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ । संक्रमणदर केहिदिनयता बढ्दो क्रममा रहेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले संक्रमण जोखिम बढेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना कार्यान्वयन गर्नुपर्ने बताए । उनले भने, ‘मास्कको समुचित प्रयोग, भौतिक दुरी कायम र सरसफाईलाई विशेष ध्यान दिन जरुरी छ । हेलचेक्रयाइ गर्नु हुँदैन ।’

दोस्रो लहरमा अक्सिजनको आबश्यकता पर्ने गरि सक्रमितहरुलाई समस्या आएको छ। यस्तै, भेन्टिलेटर र आइसियु भरिभराउ भएका थिए । केहिदिनयता संक्रमणदर कम देखिएको छ । गम्भीर संक्रमितहरु घटेको स्वास्थ्य मन्त्रालयले बताएको छ । यो लहरमा बर्तमान स्वास्थ्य प्रणालिलाई नै थेग्न हम्मे हम्मे परेको जनस्वास्थ्य बिज्ञहरुले औल्याएका छ्न ।

यस्तै, दोस्रो लहरमा मुख्यतः२० देखि ४५ बर्ष उमेर समूह बढी प्रभावित भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउछ । संक्रमण रोकथाममा सरकारले बन्दाबन्दिलाई उपयोगमा ल्याएको छ । तर अब पुनः तेस्रो लहर आउनसक्ने जोखिम रहेको स्वास्थ्य मन्त्रालयका अधिकारिहरुनै बताउँछन् ।

स्वास्थ्य मन्त्रालयले अबको जोखिममा बालबालिका पर्न सक्ने भन्दै अस्पतालहरुलाई कुल शैया मध्ये २० प्रतिशत बालबालिकालाई छुट्याउन पत्राचार गरिसकेको छ । संक्रमण दर बढ्दै गए ३८ हजार सात सय ७१ जना संक्रमितलाई अस्पताल भर्ना गरि उपचार गर्नुपर्ने र सो मध्ये ९ हजार सात सय ९३ जनालाई सघन उपचार गर्नुपर्ने स्वास्थ्य मन्त्रालयले तयार पारेको द्रुत कार्ययोजनामा उल्लेख छ ।

सरकारले कोरोना संक्रमणदर उतारचढाव भइरहँदा दैनिक संक्रमित संख्या नघटे असोज दोस्रो सातादेखि तेस्रो लहर आउनसक्ने प्रक्षेपण गरेको छ । तेस्रो लहरको जोखिममा बालबालीका र खोप नलगाएका व्यक्तिहरु पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकलन छ ।

तपाईको प्रतिक्रिया