सल्यानमा बाढीले बगाएर एकजनाको मृत्यु

काठमाडौं । सल्यानमा बाढीले बगाएर एकजनाको मृत्यु भएको छ । छत्रेश्वरी गाउँपालिका–४, जुटढुंगा बस्ने ३२ वर्षीया डिल्ली ओलीका छोरा १२ वर्षीय ओमकार ओलीको सोही ठाउँस्थित गगनपानी खोला तर्ने क्रममा बगाएर शनिबार साँझ मृत्यु भएको हो ।

आमासँग वनमा गाईगोरु चराई घर फर्कँदै गर्दा गगनपानी खोला तर्ने क्रममा अविरल वर्षाको कारण माथिबाट बाढी आई बगाउँदा घटनास्थलदेखि २०० मिटर टाढा ओमकारको शव फेला परेको हो ।

यस्तै, खोलानजिकै बेहोस अवस्थामा रहेकी उनकी आमालाई इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले उद्धार गरी उपचारको लागि स्वास्थ्यचौकी पठाएको र हाल अवस्था सामान्य रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया